आज देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

428
0
Share:

काठमाण्डौ। आज दिउँसो देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले महाशाखाले जनाएको छ ।

पश्चिम बंगालको आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भूभाग तथा पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको हो ।

यस्तै आज राति पनि मध्य र पूर्वका थोरै ठाउँ र पश्चिम पहाडका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: