प्रहरी भन्दै रकम असुल्ने एक पक्राउ

197
0
Share:

जलेश्वर – आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीसंग रकम असुल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।

प्राप्त गोप्य सूचनाका आधारमा व्यापारीसँग रकम असुली गरिरहेकैबेला उनलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका मण्डललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।

कमेन्ट गर्नुहोस्
Share: