आजदेखि बाहिरियो मनसुन

862
0
Share:

काठमाण्डौ।  गएको वर्षभन्दा ढिलो गरी सुरु भएको मनसुन आजदेखि बाहिरिएको छ । सामान्य समयभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन आजदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।

मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । सामान्यतया सेप्टेम्बर २३ अर्थात असोज ६ गतेतिर नै मनसुन बाहिरिनुपर्ने भए पनि यो वर्ष झण्डै ३ हप्ता ढिलो गरी मनसुन नेपालबाट बाहिरिएको हो ।

यो वर्ष मनसुनकाे आगमन औसतभन्दा १० दिन ढिलो भएकाे थियाे भने बहिर्गमन औसतभन्दा १९ दिन ढिलो भयाे । औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाण्डौमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्
Share: