
काठमाडौँ । प्रहरीले शनिबार काठमाडौँ उपत्यकाबाट चारजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था अत्यन्त कडा पारेका बेला चार जना पक्राउ परेका हुन् ।
महानगरिय प्रहरी परिषर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुलाई थापाथली, बिजुलीबजार र तीनकुनेबाट नियन्त्रणमा लिइएको हो ।
यसअघि शुक्रबारसम्म शंकास्पद २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कमेन्ट गर्नुहोस्
