
पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा जङ्गली जनावरको आतंक बढेको छ । पछिल्लो एक सातामा मात्र १५ जनालाई व्वाँसोले आक्रमण गरेको गरेको प्रहरीले जनाएको छ ।
पछिल्लोपटक शुक्रबार मात्र व्वाँसोको आक्रमणबाट एक बालक गम्भीर घाईते भएका छन् । यसअघि सामान्य घाईते भएका घट्ना भएपनि शुक्रबार पाङका एक बालक गम्भीर घाईते भएको पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले बिगखबरलाई जानकारी दिए ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा बस्ने विन्दु नेपालीका ९ वर्षीय छोरा समर्पण नेपाली व्वाँसोको आक्रमणबाट गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार खेतमा खेलिरहेका उनलाई एक्कासी व्वाँसोले आक्रमण गरेपछि अचेत बनेका थिए । मुख र दाँतमा गम्भीर चोट लागेकाले उनि बोल्न सक्ने अवस्थामा छैनन्।
उनको सोमबार शल्यक्रिया गरिंदै छ । घाइते नेपालीको अहिले पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।
