अहिलेका नेताहरुमा न हृदय छ, न भिजन: पूर्वराष्ट्रपति यादव

339
0
Share:

काठमाण्डौ – पूर्वराष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र दृष्टिकोण नभएको बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले स्वर्गीय गिरिजाप्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा देश बनाउने दृष्टिकोण नभएको बताएका हुन्।

तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गरे ।

उनले भने, ‘अहिलेका नेताहरुमा न हृदय छ, न भिजन छ । होराइजन नै सानो देखिएको छ ।’

पूर्वराष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनीय रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: