९ तस्बिरमा हेर्नुहोस् फेवा किनारको पूर्णिमा मेला

Share:

पोखरा । शनिबार कोजाग्रत पूर्णिमा अर्थात् दशैंको अन्तिम दिन । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि सुरु भएको दशैं कोजाग्रत पूर्णिमाका दिन सकिने गर्दछ । कोजाग्रत पूर्णिमाको दिन घटस्थापनामा दशैंघर र कोतहरूमा राखिएका जमरा विसर्जन गरिन्छ ।

आजको दिन मन्दिरमा पूजा गर्ने र दशैँमा प्रयोग गरिएको जमरा सेलाउने प्रचलन पनि छ । कोजाग्रत पूर्णिमाका दिन पोखराको फेवातालमा दशैँमा प्रयोग गरिएको जमरा विसर्जन गर्ने गरिन्छ ।

तालको बीचमा रहेको तालबाराही मन्दिरमा आजको दिन दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । यही विश्वासले गर्दा आजको दिन टाढाटाढाबाट समेत दर्शनार्थीहरू तालबाराही मन्दिर दर्शनका लागि आउने गरेका छन् ।

फेवातालमा ३६० भन्दा बढी डुङ्गाले भक्तजनलाई दैनिक सेवा दिइरहेका छन् । तालमा हुन् सक्ने जोखिमलाई ध्यानमा राखेर मन्दिर आवतजावत गर्न लाइफ ज्याकेट अनिवार्य गरिएको छ ।

यसदिन मन्दिरमा अन्य दिनको तुलनामा दर्शनार्थीको भीड लाग्ने गरेको छ । शनिबार कोजाग्रत पूर्णिमाको दिन सो मेला भर्ने र मन्दिर पुग्नेको घुइँचो देखिन्थ्यो । फेवा किनारको बाराही घाटमा कोजाग्रत पूर्णिमाको दिन फुटपाथ मेला पनि लाग्ने गर्दछ ।

तस्बिर-अनुप पौडेल/बिगखबर

 

कमेन्ट गर्नुहोस्
Share: