सीको भ्रमण नेपालको विकासमा कोशेढुङ्गा बन्छ: गृहमन्त्री थापा

203
0
Share:

काठमाण्डौ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणको क्रममा प्रभावकारी रुपमा शान्ति राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् ।

आज गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले सुरक्षाकर्मीहरुलाई बधाई दिएका हुन् ।

उनले सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले राम्रो ढंगले निर्वाह गरेको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गरे ।

उनले चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: