राष्ट्रपति भण्डारी बुधबार म्यान्मार जाने

559
0
Share:

काठमाण्डौ।  राष्ट्रपति विद्यादेवी भण्डारी आगामी बुधबार म्यान्मारको भ्रमणमा जाने भएकी छिन्। म्यान्मारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उनी पाँच दिने भ्रमणमा त्यसतर्फ जानलागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले दुईदेशीय सम्बन्धबारे समकक्षी ऊसँग वार्ता हुनेछ। सो क्रममा राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर आंग सान सु कीसँग पनि भेटवार्ता हुनेछ। राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्मारका राष्ट्रपतिले राजकीय भोज दिनेछन्।

राष्ट्रपतिको भ्रमण क्रममा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतका सरकारी अधिकारी पनि म्यान्मार जानेछन्।

कमेन्ट गर्नुहोस्
Share: