
काठमाण्डौ। बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको स्रोतले जानकारी दिएको हो ।
अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार जिल्ला अदालत काठमाडौँ स्थित सरकारी वकिलको कार्यालय लगिएको हो । उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन् ।
प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ । नर्भिकमै उपचाररत महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराउने छ ।
कमेन्ट गर्नुहोस्
