पारस खड्काले दिए राष्ट्रिय टिमको कप्तानबाट राजीनामा

Share:

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले क्यानसमक्ष आज राजीनामा बुझाएका हुन् ।

खड्काले नेपालि टोलीलाई डिविजन ५ बाट एकदिवसीय राष्ट्र बन्ने मार्गको कप्तानी गरेका थिए। पारसकै कप्तानीमा नेपालले सन २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको थियो।

आईसीसीले सोमबार मात्र नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गरेको थियो ।

उनले त्यसको भोलिपल्ट नै राजीनामा दिएका हुन् । नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिने पारस १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए । उनले किन राजिनामा दिएका हुन् भन्ने बारे भने खुलेको छैन् ।

कमेन्ट गर्नुहोस्
Share: