राजपा सांसद साहविरुद्ध पक्राउ पूर्जी जारी

Share:

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो ।

सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: