सांसद साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Share:

काठमाडौं । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहलाई जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको छ ।

साहलाई मंगलबार प्रहरीले पक्राउ गरेर बुधबार बिहान म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । जिल्ला अदालत धनुषाले साहमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको हो ।

जिल्ला अदालतका न्यायाधीस तिर्थराज केसीको इजलासले चार दिनको म्याद थप गरेको हो । गत सोमवार प्लेन ढिलो भएपछि सर्लाही क्षेत्र नम्बर १ बाट निर्वा्चित साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

सांसद साहको रिहाईको माग गर्दै राजपा नेपालका कार्यकर्ताहरु भने आन्दोलनमा उत्रेका छन् । उनीहरुले बुधबार बिहान सांसद साहको रिहाइको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा एक घण्टा चक्काजाम गरेर प्रदर्शन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: