एसिड आक्रमणमा परेकी मुस्कानलाई नेपाली क्रिकेटरले भेटे

Share:

काठमाडौं – नेपाली क्रिकेटरको टोलीले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेट गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालसहितको टोलीले अस्पतालमै पुगेर भेट गरेको हो ।

किर्तिपुर अस्पतालमा उपचाररत खातुनलाई भेट्न प्रशिक्षक पटवालसँगै क्रिकेटर पारस खड्का, सोमपाल कामी, अभिनास बोहरासहितको टोली पुगेको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ६ गणेशमान चोकमा भदौ २० गते विहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । एसिड आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: