मेराे नेपाल मझेरीपाटनकाे पाँचाै सेभेन ए साइड फुटबल कार्तिक ३ देखि, विजेतालाई १ लाख ५५ हजार ५५५

Share:

पाेखरा । पाेखरा १४ मझेरीपाटन स्थित पाेखराकै एक पूरानाे क्लब मेराे नेपाल युवा क्लबले ठूलाे पुरस्कार राशीकाे सेभेन ए साइड फूटबललाई निरन्तरता दिएकाे । पाँचाै संस्करणकाे याे प्रतियाेगिता यही कार्तिक ३ गतेदेखि रामेश्वरी माविकाे खेलमैदानमा सुरू हुने क्लबका अध्यक्ष दिवस कुँवरले जानकारी दिए ।

प्रतियाेगितामा सहभागी हुन कार्तिक १ गतेसम्म टीम दर्ता गरिसक्नुपर्नेछ । यसका लागि सात हजार रूपैंया टीम दर्ता शुल्क ताेकिएकाे छ । प्रतियाेगितामा विजेता टीमले १ लाख ५५ हजार ५५५, उपविजेता टीमले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

यस्तै, सेमिफाइनलमा पराजित दुई टीमले समेत जनही १० हजारका साथै अनुशाषित टीमले ७ हजार पाउनेछ । विधागत रूपमा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । बेष्ट प्लेयर, हाई स्कोरर लगायतले जनही ५ हजार प्राप्त गर्ने क्लबले जनाएकाे छ ।

तिहार तथा छठ पर्वकाे अवसरमा ‘हाम्राे संकल्प अनेक आयाम, स्वस्थ जिवनका लागि व्यायाम’ उद्घाेषका साथ सामूहिक व्यायामशाला बनाउने उद्धेश्य राखिएकाे क्लबले जनाएकाे छ । प्रतियाेगिताकाे मूख्य प्रायाेजन हिमश्री फुड्स प्रालिले गरेकाे छ । क्लब बिभिन्न सामाजिक कार्यहरूमा संलग्न रहँदै आएकाे छ ।

कमेन्ट गर्नुहोस्
Share: