बैठकस्थलबाटै विप्लवका २१ नेता पक्राउ

352
0
Share:

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । दाङको राजपुर–४ मुंग्रेटा खोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे पुगेको प्रहरीले पक्राउ गरेको हो।

बैठकस्थल नै कब्जा गरेर प्रहरीले नेकपा महासचिव विप्लवका दाजु केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंंग’, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठा ‘सुवास’ र दाङ इन्चार्ज सबिन पोखरेललगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो । विप्लवनिकट स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा अधिकांश ब्यूरो तहका नेता रहेका छन्।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ। विप्लव समूहका गतिविधि आपराधिक भएको दाबी गर्दै सरकारले उसका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: