म्यान्मारको भ्रमण सकेर राष्ट्रपति भण्डारी जापान जाने

544
0
Share:

काठमाण्डौ।  राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो आइतबारदेखि तीन दिने भ्रमणमा जापान जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले आज जारी गरेको वक्तव्यमा जनाइएअनुसार उनी आउँदो मंगलबार हुने जापानका सम्राट नारुहितोको गद्धी आरोहण समारोहमा सहभागी हुनेछिन् ।

राष्ट्रपति भण्डारी अहिले म्यान्मारको राजकीय भ्रमणमा रहेकोमा उतैबाट जापान जाने परराष्ट्रले जनाएको छ ।जापान भ्रमणको क्रममा सम्राट नारुहितोले आयोजना गर्ने कोर्ट ब्यांक्वेटमा पनि सहभागी हुनेछन् ।

जापान भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द र जापानका प्रधानमन्त्री शिन्जो अबेसँग पनि भेटवार्ता गर्नेछन् । उनी आगामी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: