
भक्तपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट विजयी भएर स्थानीय तहमा काम गरिराखेका प्रमुख/उपप्रमुखलाई कम्युनिष्टले भन्दा राम्रो काम गर्न निर्देशन दिएका छन्।
आज कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले आज भक्तपुरमा सुरू गरेको कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले कम्युनिष्टहरूले जितेका स्थानीय तहमा भन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रा काम हुनुपर्ने बताए।
उनले कर्मचारीहरूले असहयोग गरेको पनि बताए। प्रशिक्षणमा देशभरका तीन सय भन्दा बढी स्थानीय तहबाट प्रतिनिधि आएका छन । जनता र पार्टीसँग समन्वय गरी काम गर्न निर्देशन दिन कांग्रेसले प्रशिक्षण राखेको हो।
File Photo
कमेन्ट गर्नुहोस्
