नबन्ने भो ‘छन् गेडी सबै मेरी’

Share:

बिग न्यूज
पोखरा, २ कात्तिक । दिनेश डिसीलाई निर्देशक लिएर ‘६ एकान ६’ बनाएपछि आमा सरस्वती मुभिज ब्यानरले हरेक फिल्मलाई ‘छ’ लाई विशेष स्थान दियो । र, यो क्रम अहिलेसम्म निरन्तर चलिरहेकै छ ।

यसैबीच केही समय अगाडि यही टोलीले फिल्म ‘छन् गेडी सबै मेरी’ बनाउने चर्चा चल्यो । तर दीपकराज गिरीले यो फिल्म तत्काल नबन्ने कुरा बताएका छन् । ‘यो फिल्म तत्काल बन्दैन । कारण, यो फिल्मको कथाले मलाई अझै जति छुनुपथ्र्यो त्यति छुन सकेको छैन । बरु अर्कै कथामा फिल्म बन्छ । र, फिल्मको नाम पनि अर्कै हुन्छ ।’ पोखरा आएका दीपकराज गिरीले पत्रकारहरुमाझ भने ।

दीपकराज फिल्ममा कमेडी मात्र होईन कन्टेन्ट पनि गज्जब चाहिन्छ भन्ने मान्छन् । ‘कमेडी मात्रै हुन्थ्यो भने हामीलाई दर्शकको यो लेभलको साथ कहिल्यै मिल्ने थिएन । हामी कन्टेन्टलाई सबैभन्दा बढि ध्यानमा राखेर फिल्म बनाउँछौँ । त्यही भएर हामीले बनाउने फिल्मको कथा लरतरो भएर हुँदैन ।’ दीपकले भने ।

कमेन्ट गर्नुहोस्
Share: