पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, आज पानी पर्ने

907
0
Share:

काठमाण्डाैं । आज (आइतबार) देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ। देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्दै गइरहेको छ । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएर चिसो बढेकोे छ। दिउँसोपख मध्य र पुर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि दिउँसोपख हल्का पानी पर्ने जानाइएको छ।

काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम १६ डिग्री सेल्सिय मापन भएको छ। दिउँसो तापक्रम बढेर २६ देखि २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: