
काठमाडौंः नेपालि बजारमा केही दिनदेखि स्थिर रहेको सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आज आइतबार तोलामा २ सय रुपैयाँ घटेर तोलामा ७० हजार ४ सयमा कारोबार भइरहेको छ।
तेजाबी सुन ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।
शुक्रबार ७० हजार ६०० रुपैयँमा र तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८५० रुपैयाँमा कारोबार भएको हो ।
कमेन्ट गर्नुहोस्
