
काठमाडौं । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज (आइतबार) हुँदैछ । ड्राफ्ट नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ ।
ड्राफ्टमा नेपालि लेग स्पिनर सन्दीप लामिछाने समेत रहेका छन्। ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । एक सय बलको हुने द हन्ड्रेडको ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड (१ करोड ४७ लाख) नेपाली रुपैयाँ रहेको छ । यसर्थ आज उनि ड्राफ्टबाट किनिए भने उनी करोडपति बन्ने छन् ।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ ।
कमेन्ट गर्नुहोस्
