तीन महिलाबीच कुटाकुट, एकको मृत्यु

410
0
Share:

कैलाली। कैलालीमा कुटपिट गरि छिमेकी हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्। कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले टीकापुर नगरपालिका–५ की ५० वर्षीया बिस्ना विष्ट र २६ वर्षीया मुगा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको कुटाइबाट ३५ वर्षीया पुतली रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असोज ८ गते सामान्य विवादका क्रममा स्थानीय दुईजना महिलाले रावलमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाईते भएकी रावललाई उपचारका लागि कोहलपुर लगिएको थियो । त्यसपछि उनलाई भारतको लखनउ रेफर गरिएको थियो ।

उनको उपचारकै क्रममा लखनउमा असोज २९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकास सिंह कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: