कपडा किनीदिने प्रलोभन देखाएर बालिका अपहरण गर्ने ज्योतिष बागलुङबाट पक्राउ

Share:

बागलुङ। बागलुङमा बालिका अपहरणको आरोपमा एक जना पक्राउ परेका छन्।

निसीखोला गाउँपालिका वडा नंं.२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० बर्षिया छोरी मिनाक्षी कुवँरको अपहरणको आरोपमा एक पुरुष पक्राउ परेका हुन् ।

आफूलाई ज्योतिष बताउँदै हिड्ने एक पुरुषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले बताए ।

बाबा आमा काममा गएको मौका पारी ती बालिकालाई कपडा किनीदिने र एक हजार रुपयाँ समेत दिने प्रलोभनमा उनले अपहरण गरेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो साढे १२ बजे घरमै एक्लै खेल्दै गरेकी उनलाई ती पुरुषले अपहरण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: