
पोखरा। पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल)को उपाधि चितवन राइनोजले जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा आज भएको खेलमा क्याट क्विन्स काठमाडौँलाई ४५ रनले हराउँदै चितवनले उपाधि जितेको हो ।
टस हारेर पहिले व्याटिङ गरेको चितवनले ४ विकेट गुमाउदै ११२ रन बनाएको थियो । चितवनका लागि ओपनर काजल श्रेष्ठ र कन्चन श्रेष्ठले क्रमस २१ र १९ रन बनाएका थिए। यस्तै सुमन खतिवडाले २९ र ऋतु कनौजियाले ६ रन बनाएर आउट हुन् पुगिन् ।
यस्तै कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाउदा प्यारी चौधरीले नट आउट ३ रन बनाइन् । काठमाडौंका लागि संगीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले समान १(१ विकेट हात पारे।
चितवनले दिएको ११३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा गरेका काठमाडौँ २० अाेभरमा केबल ६७ रनमा समेटिएको हो । काठमाडौंकी ओपनर शोभा आलेले ८ बलमा ६ रन बनाउदै आउट भएकी थिइन् । यस्तै रोमा थापा ७ बल खेल्दै डक आउट हुन पुगिन् । कप्तान रुबिना क्षेत्री १५ बलमा २ रन बनाएर आउट भएपछि काठमाडौँ खेलमा फर्कन सकेन ।
यस्तै अप्सरी बेगम १५ रन बनाएर आउट हृुँदा नितु भण्डारी २ र ममता थापा १३ रन बनाएर आउट हुन पुगिन् । सरस्वती चौधरी गौल्डेन डक आउट हुन पुगिन् भने सङ्गिता राई ४ रनमै आउट भइन् । यस्तै इश्वोरी बिष्ट १३ रन बनाएर आउट भइन् । सुमन बिष्टले २ रन बनाइन भने लक्ष्मी साउदले १ रन बनाइन् ।
चितवनका लागि सुमन खतिवडाले ३ विकेट हात पारिन् भने ऋतु कनौजियाले ३ विकेट लिइन् । रेखा रावलले २ विकेट लिइन् । उपाधि संगै चितवनले नगद रु ७ लाख हात पारेको छ । यस्तै द्धितीय भएको काठमाडौँले नगद रु ३ लाखमा चित्त बुझाएको छ ।
