३३ तोला सुन लिएर पोखराबाट सुन पसलका कर्मचारी फरार

Share:

पोखरा।  पोखराको एक सुन पसलमा काम गर्ने कामदार सुन लिएर फरार भएका छन्। गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा काम गर्ने रञ्जन राजवंशी फरार रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

उक्त ज्वेलर्सको ३३ तोला सुन लिएर फरार रहेको प्रहरीले जनाएको छ। भारत कलकत्ता घर भई हाल कास्की पोखरा न्यूरोड बस्दै आएका करिब ३६ वर्षीय राजवंशी आज बिहान पौउने ११ बजे देखि फरार भएका हुन्।

पोखरा महानगरपालिका- ८ सिर्जनाचोक स्थित गहना बनाउने ठाँउमा लिएर गएदेखि फरार रहेका हुन् । उनको खोजि तीव्र पारिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: