टुंगियो ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद

Share:

काठमाण्डौ। हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद मिलेको छ । चरित्र चोरेको विवाद आपसी समझदारीमा टुंगिएको सक्किगो निका कलाकार अर्जुन घिमिरे पाँडेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

‘पछिल्लो समय मिडिया हब प्रालि र ‘सक्किगो नि’ हाँस्य टेलिसिरियलबीच उत्पन्न विवाद दुवैपक्ष बसी आपसी समझदारीमा टुंगोमा पुर्‍याइएको छ । हाँस्य टेलिसिरियल भद्रगोल र सक्किगोनि यहाँहरूले नियमित रूपमा हेर्न पाउनुहुनेछ । कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोग लाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ, । पछिल्लो समयमा उत्पन्न विवादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुवै पक्षले नउठाउने सहमति भएको जानकारी गराउँदछौँ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा मिडिया हब र सक्किगोनि सिरियलप्रति देखाउनुभएको सहानुभूति, माया, र सद्भावप्रति सम्पूर्णमा कृतज्ञ छौ’, घिमिरेले फेसबुकमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: