आलममाथि अनुसन्धानका लागि आठ दिनको म्याद थप

291
0
Share:

काठमाण्डौ। निलम्बित सांसद मोहम्मद अफ्ताब आलममाथि अनुसन्धानका लागि रौतहट जिल्ला अदालतले आठ दिनको म्याद थप गरेको छ।

१४ जनाको हत्याको आरोपमा पक्राउ परेका उनलाई आज न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई अनुसन्धानका लागि अझै आठ दिन म्याद थपेको हो।

आलममाथिको अनुसन्धान बाँकी रहेकाले आजैबाट लागू हुने गरी आठ दिन म्याद थप गरिएको हो।

यसअघि गत आइतबार न्यायाधीश चाणकमणी अर्यालको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ५ दिन म्याद दिएको थियो। म्याद थप पछि आज फेरी उनलाई अदालत लगिएको छ।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोप उनि माथि रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: