
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको निधन भएको छ । सुवेदीको ५१ वर्षको उमेरमा शनिबार बिहान घरमै निधन भएको हो ।
सुवेदी लामो समयदेखि ब्रेन ट्युमर पीडित थिइन्। पौडेलका अनुसार उनलाई १५र२० दिन अगाडि नै अस्पतालले अब उपचार सम्भव नहुने जानकारी दिइसकेको थियो।
उनको ब्रेन ट्युमर रोग देखा परेपछि लामो समय मेडिसिटी अस्पतालमा उपचार गराइएको थियो। पछिल्लो पटक सिभिल अस्पतालमा उपचारका लागि लगिएपछि उनको उपचार सम्भव नभएको अस्पतालले परिवारलाई जानकारी दिएको हो। उनको शनिबार बिहानै पशुपतिनाथमा दाहसंस्कार गरिएको छ।
उनको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए । सुवेदीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पार्टीका नेता कार्यकर्ता पुगेका थिए।
सुवेदी नेकपा एमाले रामेछाप(काठमाडौ सम्पर्क मञ्च अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य भएकी थिइन्। सुवेदी दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेकी थिइन्। रामेछापको मन्थली घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा छन् ।
