
काठमाडौँ । ‘भिटेन’ का उपनानामले परिचित र्यापर समिर लामा घिसिङ रिहा भएका छन् । उनलाई शुक्रबार साँझ जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । बुवाको जमानीमा रिहा भएका भिटेनलाई १३ गते प्रहरीमा हाजिर हुन भनिएको छ ।
भिटेन ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका थिए । ‘हामी यस्तै त हो नि ब्रो’ उनको पछिल्लो समयको हिट गीत हो ।
भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको भन्दै ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी मुद्दा चलाउने तयारी गरेको थियो ।
भिटेनले यसअघि बजारमा ल्याएको गीत ‘सिमसिमे पानीमा’ पनि विवादमा आएपछि हटाइएको थियो ।
