बागलुङमा जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

Share:

बागलुङ । बागलुङमा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानदेखि वडा नम्बर–१, बोङ्गादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको जीप रिक्लाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा तमानखोला गाउँपालिका–१ का चालक झकबहादुर विक र सहचालक ओमबहादुर गोतामे रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यात्रु छोडेर घरतर्फ फर्कदै गरेका जीप घुम्तीमा साँघुरो भएका कारण सडकदेखि तल खसेको छ । दुवै जनाको शव पोस्टमर्टमका लागि शुक्रबार राति नै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: