सरकारलाई बदनाम गराउने तत्वहरुलाई चिर्दै अगाडि बढ्छौं: अध्यक्ष प्रचण्ड

216
0
Share:

काठमाण्डौ। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै अगाडि बढ्ने बताएका छन् ।

नेवाः मुक्ति मोर्चा नेपालले आइतबार आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गरे।

सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए ।

अध्यक्ष प्रचण्डले नेपाल संंवतलाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औंलयाए ।

कमेन्ट गर्नुहोस्
Share: