यस्तो छ भाइटिकासम्मको मौसम पूर्वानुमान

407
0
Share:

काठमाण्डौ। आज देखि भाइटीकाका दिनसम्म देशैभर मौसम पूरै सफा नरहे पनि एक/दुई स्थानबाहेक वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आज तीन दिनको मौसमी गतिविधि अनुमान गरको हो।

यस्तो छ महाशाखाले जारी गरेको तीन दिनको मौसमी अनुमान :

कार्तिक १० गते आइतबार

राति : देशका पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ११ गते सोमबार
दिउँसो : देशभर आंशिक बदली रहनेछ। पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर आंशिक बदली रहनेछ।

कार्तिक १२ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

कमेन्ट गर्नुहोस्
Share: