७ महिनामा १४ हिमाल चढेर नेपालका निर्मलले बनाए विश्व किर्तिमान

680
0
Share:

काठमाडौं । नेपाली पर्वतारोही निर्मल पुर्जाले ७ महिनामा १४ ओटा हिमाल आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका छन्। पूर्व बेलायती जलसेना समेत रहेका पुर्जाले सोमबार चीनको शिशिपाङ्मा हिमालको सफल आरोहण सम्पन्न गरेपछि रेकर्ड बनेको हो।

सन् २००३ मा बेलायती सेनामा भर्ती भएका निर्मल पुर्जाले जलसेनामा आबद्ध भएर काम गरेका थिए। संसारभर रहेका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल उनले १८९ दिनमै आरोहण गरेका हुन्।

म्याग्दीका ३५ वर्षीय निर्मल पुर्जाले २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर अप्रिलबाट हिमाल आरोहण अभियान थालेका थिए। पोल्यान्डका पर्वतारोही जर्जी कुकुजाले सन् १९८७ मा १४ हिमाल ८ वर्ष लगाएर आरोहण गरेका थिए।

उनले सर्वोच्च शिखर सगरमाथा, लोत्से, मकालु हिमाल, मनासलु, अन्नपूर्ण, धवलागिरी, कञ्चनजङ्घा आरोहण गरेका थिए। सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार गरेका थिए।

पुर्जाले पाकिस्तानको माउन्ट केटु, नागा पर्वत, ब्रोड पिक, जी वान र जी टु जुलाई १८ मा आरोहण गरेका थिए। तिब्ततमा रहेको ८ हजार १ सय ८८ मिटर अग्लो चो यु सेप्टेम्बर २३ मा चढेका थिए।

तर तिब्बतमा रहेको अर्को शीशापाङ्मा हिमाल चढ्न चीन सरकारले अनुमति नदिँदा रोकिएको थियो। नेपाल सरकारले चीन सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए।

कमेन्ट गर्नुहोस्
Share: