कृषि क्षेत्रको विकास नभए देश कंगाल बन्छ – मन्त्री यादब

276
0
Share:

सिरहा । उपप्रधान तथा स्वाथ्य, जनसंख्या तथा वातावरणमन्त्री उपेन्द्र यादबले संविधान संशोधनका लागि हर कदम उठाउन आफू तयार रहेको बताएका छन्।

सिरहा नगरपालिका १९ सन्हैठामा स्वास्थ्य चौकीको उद्घाटन तथा विश्वनाथ यादबको आठौं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री यादबले संविधान संशोधनका लागि आवश्यक कदम उठाउन समीक्षा गरिरहेको बताए।

उनले संविधान संशोधनको सर्तमा नेकपाको सरकारमा सहभागी भएको भन्दै संविधान संशोधनमा वादा पूरा गर्ने दायित्व नेकपाको भएको जिकिर गरे।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादबले कृषि क्षेत्रको विकास नभए देश कंगाल बन्ने टिप्पणी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: