
काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दर्ता गर्दैछ ।
थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतले दिएको पछिल्लो सात दिनको म्याद आज सकिने भएसँगै सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दर्ता गर्ने तयारी गरेको हो।
महराविरुद्ध आजै थुनछेक बहस सुरु हुने जनाईएको छ ।
काठमाडौं जिल्ला अदालतले महरालाई बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने मध्ये एउटा आदेश दिनेछ । धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने नत्र आजै टुंगो लाग्ने अदालत स्रोतले बताएको छ ।
तिहार अघि १९ दिनसम्म प्रहरीले अनुसन्धानको काम नसकिएको भन्दै महरालाई पटक पटक म्याद थप गरेको थियो । अन्तिम पटक थपिएको सात दिनको समय आज सकिएपछि अब मुद्दा दर्ता गर्न लागिएको हो ।
