कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी

1008
0
Share:

काठमाडौं – स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

लक्ष्मी माताको मुर्ती विसर्जन गर्न लजाने क्रममा दुई समुहबीच भएको झडपले उग्र रुप लिन थालेपछि बिहीवार बिहान ११ बजेदेखि कर्फ्यू जारी गरिएको हो।

प्रहरीका अनुसार, झडप नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् । त्यो क्षेत्रमा अहिले सुरक्षाव्यवस्थामा कडाई पारिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: