
एजेन्सी। भारत प्रशासित जम्मू–कश्मीर बिहीबारदेखि औपचारिक रुपमा विभाजित भएको छ । जम्मू–कश्मीरबाट लद्दाखलाई विभाजन गरी छुट्टै प्रदेश बनाइएको छ ।
जम्मू–कश्मीर र लद्दाख दुवै बिहीबारदेखि औपचारिक रुपमा केन्द्र शासित प्रदेश भएका छन् । भारतले गएको अगस्ट ५ मा संविधानको धारा ३७० र ३५ ए खारेज गरेको थियो । सो निर्णय बिहीबार (अक्टोबर ३१) देखि औपचारिक रुपमा लागु भएको हो ।
संविधानको धारा ३७० र ३५ ए ले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको थियो । यो हटेसँगै राज्यले पाएको विशेष दर्जा सकिएको छ । विगत ६५ वर्षसम्म जम्मू–कश्मीर भारतको एक स्वायत्त राज्य थियो ।
कमेन्ट गर्नुहोस्
