पोखरा र इटहरीमा अस्पताल विस्तार गर्दै नेपाली सेना

Share:

पोखरा । नेपाली सेनाले काठमाडौंबाहिर अस्पतालको संख्या बढाउने भएको छ। सेनाले पोखरा र इटहरीमा अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ।

५०-५० शैय्या रहने अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रिया लगायत सेवा पनि उपलब्ध हुने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

आकस्मिक कक्ष सबैका लागि तथा बहिरङ्ग र अन्य सेवा भने सैनिक र तिनका परिवारका लागि उपलब्ध गराइने सेनाले जनाएको छ। निश्चित दिन तोकेर गैरसैनिकका लागि पनि बहिरङ्ग सेवा उपलब्ध गराउने तयारी भइरहेको प्रवक्ता पाण्डेले बताए।

काठमाडौंमा मेडिकल कलेजसहित छाउनीमा अस्पताल र नर्सिङ कलेजसमेत सेनाले सञ्चालन गरिरहेको छ । अहिलेसम्म नेपालगञ्जमा पनि सेनाले अस्पताल सञ्चालनमा ल्याएको छ।

कमेन्ट गर्नुहोस्
Share: