
बारा। बाराको गञ्जभवानपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक जटाशंकरप्रसाद कलवार ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट लिएको ६० हजार रुपैयाँसहित कलवार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले कलवारलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
कलवारलाई बाराको कलैया उपमहानगरपालिका–४ स्थित श्रीराम खाद्य उद्योगको अगाडिबाट पक्राउ गरिएको हो।
कमेन्ट गर्नुहोस्
