छठको दोस्रो दिन, आज खरना मनाईंदै

454
0
Share:

काठमाडौं। छठ पर्वअन्तर्गत आज (शुक्रबार) दोस्रो दिन ‘खरना’ मनाइँदैछ । हिजोदेखि सुरु भएको छठ पर्वको आज दोस्रो दिन साँझमा सख्खर (मिठा) ले बनाईएको खिर षष्ठी मातालाई चढाई खरना मनाउने गरिन्छ ।

आज व्रतालुले निराहर व्रत बस्ने, साँझको समयमा चन्द्रोदय भएपछि आँगनमा गाईको गोबरले लिपपोत गर्ने र चावलको झोलले सुशोभित गरी माता षष्ठीको पूजापाठ प्रसाद ग्रहण गर्ने गर्छन् । खरनालाई पापको क्षय पनि भन्ने गरिन्छ ।

जतिवटा अर्घ दान गर्ने हो, त्यति ठाउँमा केराको पातमा राखेर छठीमातालाई नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान, सुपारी आदि राखिन्छ । नैवेद्य चढाइसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।

कठोर व्रत गरेर मनाइने छठ पर्व कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट विधिवत शुरु भई सप्तमी तिथिमा बिहान सूर्यलाई अर्घ दिएर समाप्त हुन्छ ।

कमेन्ट गर्नुहोस्
Share: