बाग्लुङमा भूकम्पको धक्का

Share:

काठमाडौं।  बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
‘यो नयाँ भूकम्प हो । पराकम्पन होइन । बेला–बेलामा स–साना भूकम्प जानु स्वाभाविक प्रक्रिया हो’–भूकम्पविद् भरत कोइरालाले भने ।

शुक्रबार बिहानको भूकम्पको धक्का छिमेकी जिल्लाहरु गुल्मी, प्यूठान, रोल्पा र रुकुममासमेत महसुस गरिएको स्थानीयले बताएका छन् ।सो भूकम्पले अहिलेसम्म कुनै क्षति र्पुयाएको विवरण आएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: