प्रतिबन्धपछि कप्तान मेस्सी राष्ट्रिय टिममा फर्किए

682
0
Share:

काठमाडौं । तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा) को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् ।

अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा मेस्सी अटाएका छन् । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी टिममा राख्दै २६ सदस्सीय टिमको घोषणा गरेको छ । अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिल र नोभेम्बर १८ मा उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

गत जुलाई ६ मा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि चिलीसँग प्रतिस्पर्धा गर्दा अर्जे्न्टिनाले ३(१ गोलको जित हात पारेको थियो । तर कप्तान मेस्सीले भने त्यसमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए ।

त्यसपछि मेस्सीलाई कोपा अमेरिकाले तीन महिनाका लागि कुनै पनि अन्तर्रा्ष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका कारण अर्जेन्टिनी कप्तानले चिली, मेक्सिको इक्वेडर र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: