छोरी बलात्कारको आरोपमा एक पक्राउ

301
0
Share:

वीरगञ्ज – बारा प्रहरीले बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ। आफनै छोरीलाई बलात्कार गरेको आरोपमा ६३ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको हो ।

आफनै २२ वर्षीया छोरीलाई जबजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । छोरीलाई डर त्रास देखाएर पटक–पटक बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: