सांसदकै घरमा चोरी

182
0
Share:

काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको कोठामा चोरी भएको छ । बानेश्वर देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका उनको कोठामा बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको सांसद राजेन्द्र गौतमले जानकारी दिए । प्रहरीका अनुसार गौतमको घरबाट ३ तोला भन्दा बढी सुनका गरगहना नगद गरेर चार लाख बराबरको धनमाल चोरी भएको छ । गौतम संखुवासभाबाट निर्वाचित नेपकाका प्रतिनिधिसभा सांसद हुन् ।

कमेन्ट गर्नुहोस्
Share: