
तनहुँ– तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ ।
शान्तिनगरकी रमा गिरीको निर्माणाधीन घरको ढलान गर्ने क्रममा कार्तिक १० गते करेन्ट लागेर सुनार घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका थिए।
उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा ल्याइएको र उनको अस्पतालमै शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
