सरकारको राम्रो कामले विपक्षी तर्सिए- मन्त्री अर्याल

423
0
Share:

ओखलढुंगा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले जनताको भावनाअनुसार काम गरेर लोकप्रियता कमाएसँगै विपक्षी तर्सिएको बताएकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सबै तहका सरकार र दलबीचमा समन्वय गरेर काम गरिरहेको उनको भनाइ थियो । उनले सङ्घीयताको अभ्यास नेपालमा नौलो भएकाले यसको कार्यान्वयनमा चुनौती भए पनि सरकार सबै चुनौती सामना गरेर अघि बढ्न सफल भएको चर्चा गरिन् ।

मन्त्री अर्यालले मुलुक समृद्ध बन्न गाउँ–गाउँदेखि विकासको अभियान थालिएको बताइन् । स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई केन्द्र सरकारले सम्बोधन गर्ने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
Share: