कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

Share:

पोखरा । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि समाजवादी पार्टीले कास्की-२ मा धर्मराज गुरुङलाई उम्मेदवार घोषणा गरेको छ।

भूपू ब्रिटिश गोर्खा तथा इन्जिनियर गुरुङलाई आइतबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिले उम्मेदवार घोषणा गरेको अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

पार्टीको गण्डकी प्रदेश कमिटीले गुरुङसंगै रामबहादुर नेपाली, किरण थापाको नाम सिफारिस गरेको थियो । यस्तै, बाग्लुङ-२ (ख)मा अशोककुमार बिक र दाङ-३ (ख)मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने भएको छ ।

भक्तपुर (ख) बाट भने सिफारिस नै नआएको पार्टीले जनाएको छ। बाग्लुङबाट अशोककुमार विक, देवबहादुर सुनार, पुर्णबहादुर घर्ती मगर र शंकरबहादुर कुँवरको नाम पठाइएको थियो।

उपनिर्वाचनक लागि समाजवादी पार्टीले कास्की-२ मा ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ।

पोखरा महानगरपालिकाको वडा नं. ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी एघारवटा वडामा ब्लक ब्लक र वडा वडाका कमाण्डका लागि केन्द्रीय, प्रदेश र तमुवानका नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको गण्डकी प्रदेश इञ्चार्ज गणेशमान तमुले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: