मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

358
0
Share:

काठमाडौँ– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन्। सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मुटुरोग विशेषज्ञ डाक्टर कोइराला त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटिले सिफारिस समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: