सिन्धुपाल्चोकमा बस दुर्घटना, ६ जनाको मृत्यु

365
0
Share:

दोलखा। दोलखाबाट काठमाडौं जाँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो ।

बस दुर्घटनामा तीन महिला, एक बालकसहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

आज दिउँसो करिब १ बजे अन्दाजी ४० जना यात्रु बोकेको बस सुनकोशी नदीमा खसेको थियो। घटनाका बारेमा थप विवरण आउँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: